• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
सौन्दर्य प्रतियोगिताको आडमा यौन हिंसा

सरकारी पक्ष भन्छ- उजुरी दिन हदम्याद लाग्दैन, मुद्दाको निर्णय अनुसन्धानपछि

64x64
नेपाल लाइभ शनिबार, जेठ ७, २०७९  ०६:४६
1140x725

काठमाडौं- संघीय संसदमा सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबारको प्रि-बजेट छलफलका क्रममा उठेको एक प्रशंगमा सरकारलाई रुलिङ गरे।

आठ वर्षअघि भएको सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी हालै सार्वजनिक भएको घटनाबारे संसदमा नेपाली कांग्रेसका सांसद गगन थापाले ध्यानाकर्षण गराएपछि छानबिन गर्न सरकारलाई रुलिङ गरेको हो। त्यसपछि सभामुख सापकोटाले सांसद थापाको भनाइप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिए। सामाजिक सञ्जाल हुँदै यौन शोषण प्रकरण संसदमा प्रवेश गरेको हो। संसदले रुलिङ गरेसँगै गृहमन्त्री बालकृष्ण खाणले यस विषयमा संसदको रोष्ट्रममा उभिएर जवाफ दिने छन्। 

युवतीले आफू नाबालक नै भएको अवस्थामा आयोजकले विभिन्न लोभ, धम्की र अपहरणकै शैलीमा यौन शोषण गरेको आरोप सार्वजनिक रुपमा लगाएकी छन्। उनको आरोपप्रति नेपाल प्रहरीले आफ्नो ध्यानाकर्षण भएको भन्दै घरमै पुगेको छ। 

सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा आफूमाथि यौन हिंसा भएको भन्दै सामाजिक सञ्जाल टिकटकमा एक किशोरीले २० वटा भिडियो सार्वजनिक गरेकी थिइन्। उनले कार्यक्रममा आयोजकमध्येका १ जनाले आफूलाई जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन्।  

कार्यक्रम सकिएपछि एभरेष्ट होटलमा भएको पार्टीमा आफूमाथि हिंसा भएको उनको दाबी थियो। उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि मिडियासम्ममा सौन्दर्य प्रतियोगितामा भएको हिंसाको घटनाबारे चर्चा सुरु भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा न्यायका लागि प्रदर्शन समेत भयो। 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीले घटनाको यथार्थ बुझ्ने प्रयास भइरहेको र पीडितको परिवारसँग कुरा गरेर अनुसन्धान अघि बढ्ने बताए। 

उपत्यका प्रहरी अपराध अनुसन्धान महाशाखाले पनि घटनाको बारेमा बुझ्ने काम भइरहेको बताएको छ। महशाखाका एसएसपी वसन्त कुँवरले पीडितको सम्पर्कमा पुगेर यथार्थ बुझ्ने प्रयास भइरहेको बताए। 

उजुरीका लागि हदम्याद लाग्दैनः पोखरेल
यसरी हदम्याद खारेजी गर्नुपर्ने भन्दै विवाद भइरहँदा सरकारी वकिल कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले पीडित वा पीडितको परिवारलाई उजुरी दिन कुनै हदम्याद नभएको बताए। उनले सर्वोच्च अदालतका विभिन्न फैसलाहरुले पनि उजुरीका लागि बलात्कारजस्तो गम्भीर र संवेदनशील मुद्दामा हदम्याद भनेर अपराध अनुसन्धान रोक्न निमल्ने व्यवस्था रहेको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

सर्वोच्चले विभिन्न समयमा अपराध भएको हो कि हैन भनि हेर्नुपर्ने भन्दै हदम्यादको कुरामै रोकिएर अनुसन्धान नै नगर्ने भन्ने हुन नसक्ने भनेको छ। महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता रेग्मीले उजुरी आएको खण्डमा अनुसन्धान अघि बढ्न सक्ने बताए।

‘बलात्कार सम्बन्धी वा अन्यमा के भएको हो? प्रहरीमा उजुरी दर्ता हुनपर्यो, अनि प्रहरीले अनुसन्धान गर्न सक्छ,’ उनले भने, ‘कुनै पीडितको उजुरी नै नलिने भन्ने हुँदैन। पीडितको भनाइ अनुसार घटनामा बन्धक बनाएर राखेका र जबरजस्ती यौन शोषण गरेको समेत देखिन्छ। र, अन्य अभियोगहरु पनि हुनसक्ने देखिन्छ।’

पीडितले बोलेको सुन्दा  शरीर बन्धक, महिला हिंसा, मानव वेचबिखन र बलात्कार सम्बन्धी मुद्दाका लागि अनुसन्धान हुनसक्ने प्रशस्त आधारहरु बाँकी रहेको उनले बताए। ‘बलात्कारको मुद्दामा मात्र हदम्याद समाप्त भएको हो, अन्यमा त बाँकी नै छ,’ उनले भने ‘परिवारले उजुरी दिएपछि प्रहरीले अनुसन्धान गर्छ।’ 

बन्धक बनाएको, नाबालकलाई उनको असमतिमा जबरजस्ती करणी गरेको आरोप भएकाले यसलाई गम्भीर रुपमा प्रहरीले अनुसन्धान गर्न सक्ने उनले बताए। ‘प्रहरीको अनुसन्धानपछि सरकारी वकिलले मुद्दा चलाउने आधार देखेमा मुद्दा चलाउन सक्छ,’ उनले भने, ‘अहिले अनुसन्धान नै नभएको र पीडितले एकपक्षीय रुमपा आफ्नो कुरा मात्र भनेकाले यसमै यी यी कानुन लाग्छन् वा हदम्याद छैन भन्न मिल्दैन।’ उजुरी आएपछि र अनुसन्धानपछि यसमा भन्न सकिने उनी बताउँछन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘थुनेर राखेको, बलात्कार गरेको कुरा, अपहरणको कुरा, नाबालकलाई अभिभावकको अनुमतिबिना लगेपछि बन्धक बनाएका जस्ता गम्भीर कुराहरु देखिन्छन्,' उनले भने, ‘यस्ता गम्भीर कुरामा अनुसन्धान गर्न पाइँदैन भन्ने छैन। अपहरण, शरीर बन्धक र मानव बेचबिखनका कानुनहरुका आधारमा यस्ता धेरै फैसला सर्वोच्चबाट भएका छन्।’ 

अधिवक्ता मिरा ढुङ्गानाले यो मुद्दा अघि बढ्ने आधार भएको तर्क गरिन्। लामो समयदेखि महिला अधिकारको पक्षमा वकालत गर्दै आएकी उनले यस्ता मुद्दाको बादी पक्ष नेपाल सरकार हुने र नेपाल सरकारले भर्खर मात्र थाहा पाएकाले अघि बढाउन कुनै बाधा नहुने बताइन्। उनले हदम्यादको कुरा बादीले थाहा पाएपछि हुने सर्वोच्च अदालतकै फैसला भएकोले यसमा समस्या आफूले नदेखेको उनले बताइन्। ‘यो प्रकरणमा अनुसन्धान अघि बढाउने एउटा आधार छ। यही आधारमा गर्न सकिन्छ,’ उनले भनिन्, ‘बलात्कारको मुद्दाको पनि बादी नेपाल सरकार हो। सरकारले भर्खर थाहा पायो।’ उनले प्रहरी प्रतिवेदनले घटनाको बारेमा विस्तृत प्रतिवेदन तयार गर्ने अनि त्यसैको आधारमा मुद्दा अघि बढाउनुपर्ने उनले बताइन्।

यसका लागि एउटा नजिर भएको र त्यसमा बादीले थाहा पाएपछि हदम्याद सुरु हुन्छ भनिएको उनले बताइन्। ‘यही नजिरका आधारमा अघि बढाउन सकिन्छ,’ उनले भनिन्, ‘थाहा पाएपछि सरकारले कारबाही गर्ने र अनुसन्धान गर्नु पर्छ र गर्छ।’  

कुन कुन कानुन आकर्षित हुनसक्छ?
अहिले सार्वजनिक भएको पीडितको भनाइकै आधारमा हेर्दा केही कानुनहरु आकर्षित हुने देखिन्छ। मुलुकी फौजदारी कसुर सम्बन्धी संहिता, मानव बेचबिखन सम्बन्धी ऐन, अपहरण तथा शरीर बन्धक, नाबालकलाई अभिभावकको जानकारी बिना एक स्थानबाट अर्को स्थानमा लगेको अनि बन्धक बनाएको, महिला हिंसा, यौन दुराचार सम्बन्धी काराबाहीका लागि भएका कानुनी व्यवस्था आकर्षित हुने देखिन्छ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता रेग्मीले यो प्रकरणमा धेरै कानुनहरु आकर्षित हुने देखिएकाले बलात्कारमात्रै भनेर बस्ने भन्दा उजुरी दिएर पीडकलाई कारबाही गर्नेतर्फ परिबार अघि बढ्नुपर्ने बताए।

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  ०६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
जेन–जी आन्दोलनमा फरार भएका चन्द्र दमाई एक वर्षपछि पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४६ वर्षीय केसीलाई २०८३ कात्तिक ३ गते बिहान ९:३० बजे तारकेश्वर नगरपालिका–६, धर्मस्थलीबाट पक्राउ... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्