काठमाडौं– पहिलोपटक शुक्रबार पनि सेयर बजार खुल्दा कारोबार रकम भने १ अर्ब मुनि खुम्चिएको छ। यसअघि शुक्रबार सेयर बजार बन्द हुने गरेकोमा सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेपछि पहिलोपटक आज (शुक्रबार) पहिलोपटक बजार खुलेको थियो।
शुक्रबार सेयर बजार परिसूचक (नेप्से) १५.८२ अंकले घट्दा कारोबार रकम १ अर्ब पनि पुग्न सकेन । शुक्रबार कूल ९३ करोड २२ लाख ६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो। बिहीबार भने बिहीबार १ अर्ब ३० करोड बराबरको सेयर किनबेच भएको थियो।
शुक्रबार म्यूचुअल फण्ड बाहेक सबै समूहका उपसूचकहरु राताम्य रहे।
शुक्रबार सेयर बजारमा ४१ कम्पनीको सेयर मूल्य बढ्यो भने १३९ कम्पनीको मूल्य घटेको छ। तेह्रथुम पावरको मूल्य सबैभन्दा धेरै ४.९ प्रतिशत घट्यो।
शुक्रबार सामुदायिक लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै २.७ प्रतिशत बढ्यो। अरुण काबेली, हिमालयन डिस्टिलरी, सांग्रिला डेभलपमेन्ट बैंक (संस्थापक), पुनर्बीमा कम्पनी र अपी पावर कारोबार रकमका आधारमा क्रमश: अगाडि रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।