काठमाडौं– कैलालीको दोस्रो ठूलो नगरपालिका टीकापुरमा रेशम चौधरीको अगुवाइमा गठन भएको नागरिक उन्मुक्ति पार्टीले फराकिलो मतान्तरमा जित हासिल गरेको छ।
पाँचदलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नवराज रावललाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु निर्वाचित भएका हुन्।
उनले ९ हजार ६४२ मत प्राप्त गरे भने गठबन्धनका रावलले ६ हजार ६४२ मत प्राप्त गरे। नेकपा एमालेका श्याम खत्रीले ४ हजार ९३३ मत प्राप्त गरे।
उपप्रमुखमा भने गठबन्धनकै उम्मेदवार नेकपा माओवादी केन्द्रका खडक बहादुर शाहले ७ हजार ९५५ मत प्राप्त गरेर निर्वाचित भए। नागरिक उन्मुक्ति पार्टीका उल्कादेवी विश्वकर्माले ७ हजार ८०२ मत प्राप्त गरिन्।
नेकपा एमालेकी उपमादेवी केसीले ४ हजार १९८ मत प्राप्त गरिन्।
नागरिक उन्मुक्ति पार्टीले २ वडामा जित निकालेको छ भने एमालेले १ वडा जितेको छ। नेकपा माओवादी केन्द्रले ३ र नेपाली कांग्रेसले ३ वडा जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।