काठमाडौं- इटहरी उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकका हेमकर्ण पौडेलले अग्रता कायम राखेका छन्।
उनले १६ हजार ५०८ मत प्राप्त गरेका छन् भने उनलाई नेकपा एमालेका यामकुमार सुब्बाले १३ हजार ८७९ मतसहित पछ्याइरहेका छन्।
उपमेयर भने गठबन्धनबाट नेकपा एमालेले खोस्ने सम्भावना बढेको छ। एमालेकी संगीता कुमारी चौधरीले १५ हजार ६९३ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले जम्मा ९ हजार ६४३ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।