बारा- बाराको कलैया उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवारले झण्डै पाँच हजार मतले अग्रता बनाएका छन्।
२०७४ सालको निर्वाचनमा कांग्रेस एक्लैले जितेको यो उपमहानगरमा अहिले गठबन्धन गर्दा पनि कांग्रेस कमजोर देखिएको छ।
३३ हजार ९९ मत गणना हुँदा एमालेका उम्मेदवार विनोदप्रसाद साहले १६ हजार ४ सय ३६ मत पाएका छन्। कांग्रेसका उम्मेदवार राजेश राय यादवले ११ हजार ८ सय ४२ मतसहित पछ्याइरहेका छन्।
उपमेयरमा एमालेका रौशन परविनले १२ हजार ६ सय १ र गठबन्धनका तर्फबाट जनता समाजवादीका पार्टी (जसपा) का प्रमोदप्रसाद गुप्ता ले १२ हजार ४ सय ८४ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।