काठमाडौं– सिन्धुलीको सुनकोशी गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसले जित निकालेको छ।
गाउँपालिको अध्यक्षमा माओवादी केन्द्रकी दीपा बोहोरा ५ हजार २७६ मतसहित निर्वाचित भइन्।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका रोमन राज गिरीले ५ हजार ९८ मत पाए।
यस्तै, गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका कपिल कुमार कोइराला निर्वाचित भए। उनले ६ हजार ५९४ मत पाए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी हेमा कुारी अधिकारीले ३ हजार ९५८ मत पाइन्।
यो गाउँपालिकामा कांग्रेस–माओवादीले चुनावी तालमेल गरेका थिए।
साव वडा रहेको सुनकोशीमा कांग्रेसले ४, माओवादी केन्द्रले २ र एमालेले १ वडा जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।