काठमाडौं–रौतहटको मौलापुर नगरपालिकाको प्रमुखमा नेकपा एमालेकी रिनाकुमारी साह निर्वाचित भइन्। उनी नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साहकी श्रीमती हुन्।
२०७४ को निर्वाचनमा उनले माओवादी केन्द्रबाट मेयर पदमा जित हात पारेकी थिइन्। यस पटक उनी एमालेबाट उम्मदेवार हुँदै आफ्नै पूर्वपार्टीका उम्मेदवारलाई पराजित गरिन्। उनले नेकपा माओवादी केन्द्रका रामप्रवेश राय यादवलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि प्रमुखको जिम्मेवारी पाएकी हुन्।
साहले ५ हजार ५ सय ६४ मत ल्याइन् भने माओवादीका यादवले ३ हजार ६२ मत ल्याए। २०७४ मा उनी मधेस प्रदेशको एकमात्र महिला नगरप्रमुख बनेकी थिइन्।
एमाले र माओवादी एकता भएर गठन भएको नेकपा विघटन भएपछि उनले एमाले रोजेकी थिइन्। यही कारण उनी कारबाहीमा समेत परेकी थिइन् । पार्टीले कारबाही गरेपछि उनी सर्वोच्चसम्म पुगिन्। सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि उनले निरन्तर रुपमा नगरप्रमुखको जिम्मेवारी सम्हालेकी थिइन्। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उनी पूनः मेयर पदमा उम्मेदवार भएकी थिइन्।
त्यस्तै मौलापुरको उपमेयरमा एमालेकै तर्फबाट नागेन्द्रप्रसाद यादव विजयी भए । उनले ४ हजार ९१४ मत ल्याए भने उनको निकटतम प्रतिस्पर्धी रिनाकुमारी साहले ३ हजार ४०४ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।