सिन्धुली–सिन्धुलीको दुधौली नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) का दिनेश अधिकारी दनुवार र उपप्रमुखमा नेपाली कांग्रेसका चन्द्रकिशोर थारु निर्वाचित भएका छन्।
एमालेका उम्मेदवारलाई पराजित गर्दै दनुवार र थारु निर्वाचित भएका हुन्। दनुवारले १५ हजार ८३८ तथा थारुले १४ हजार २१३ मत प्राप्त गरे। प्रमुखका प्रतिद्वन्द्वी एमालेका लक्ष्मण कार्कीले १० हजार ६३५ तथा उपप्रमुखका प्रतिद्वन्द्वी एमालेकै बालकुमारी अधिकारीले १० हजार ६११ मत प्राप्त गरे।
पराजित अधिकारी २०७४ सालमा उपप्रमुखमा निर्वाचित भएका थिए। चौध वडामध्ये कांग्रेसले सात, एमालेले चार र माओवादी केन्द्रले तीन वटामा जित हासिल गरेका छन्। कांग्रेस वडा नं १, ३, ४, ५, ६, ७ र ८ मा विजयी भएको छ।
यस्तै एमाले उम्मेदवार वडा नं २, ९, १० र ११ मा तथा माओवादी केन्द्रका उम्मेदवार वडा नं १२, १३ र १४ मा विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।