पोखरा- पोखरा महानगरपालिकामा जारी मतगणनामा गठबन्धनका उम्मेदवारले प्रतिद्वन्द्वीसँगको मतअन्तरलाई फराकिलो पारिरहेका छन्।
अहिलेसम्म ४१,४२३ मत गणना हुँदा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले १७,२४२ मत पाएका छन् भने एमाले उम्मेदवार कृष्ण थापा १५,२१० मत पाएका छन्।
उपमेयरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार कोपिला रानाभाटले १७,४४३ र एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले १७,३४१ मत पाएकी छन्। वैशाख ३० को निर्वाचनमा पोखरामा १,४३,२२६ मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।