काठमाडौं- कञ्चनपुरको दोधारा चादनीमा नेकपा एमालेले जित हासिल गरेको छ।
०७४ को स्थानीय तहमा पराजित भएको एमालेले यसपटक बहुमत वडा सहित प्रमुखमा जित हालिस गरेको हो। उपप्रमुख भने नेपाली कांग्रेस विजयी भएको छ।
यहाँ ०७४ मा पनि प्रमुख कांग्रेस र उपप्रमुख एमालेले जितेको थियो। निर्वाचन आयोगले घोषणा गरे अनुसार प्रमुखमा निर्वाचित एमालेका किशोर कुमार लिम्बुले ७ हजार १०४ मत प्राप्त गरे।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपालदत्त भट्टले ६ हजार १७२ मत प्राप्त गरे। उपप्रमुखमा नेपाली कांग्रेसकी गगां देवी जोशीले ६ हजार ३६५ मत प्राप्त गरिन्।
एमालेकी खिमा चन्दले ५ हजार ८२६ मत प्राप्त गरिन्। १० वडा रहेको यस नगरपालिकामा एमालेले ६, राप्रपाले २, नेपाली कांग्रेस र माओवादीले १/१ वडा जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।