काठमाडौं- भैरहवाको सिद्धार्थ नगरमा विजय जुलुसमा सहभागी हुन हिँडेका व्यक्ति चढेको गाडी दुर्घटना हुदाँ ६ जना गम्भीर घाइते भएका छन्। अन्य केही सामान्य रहेका छन्।
भैरहवाको सिद्धार्थ नगरमा विजय जुलुसमा सहभागी हुन गएकाहरु सवार लु १ ख ८४७१ नम्बरको बस दुर्घटना भएको हो।
बडा नम्वर १० मा एमालेबाट बडाध्यक्षमा निर्वाचित सर्जमान अहिर यादवको विजय जुलुसमा सहभागी हुन उनीहरु बसमा सवार थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।