काठमाडौं- धरान उपमहानगरपालिको प्रमुखका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले गठबन्धनका उम्मेदवारलाई जितेका छन्।
वडा नम्बर १९ को २ हजार मत गणना भएपछिको मत परिणाम अनुसार साम्पाङले १४ मतले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई उछिनेका हुन्।
पछिल्लो तथ्यांकअनुसार साम्पाङले ८१४० मत ल्याएका छन् भने राईले ८१२६ मत गरेका छन्। एमालेकी उम्मेदवार मञ्जु भण्डारी (सुवेदी) ने ६७१३ मतसहित पछि परेकी छिन्।
उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ९१३६ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार पदम इस्वोले ८८५१ मत सहित पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।