• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

ठूला शहरमै स्वतन्त्रको दबदबा, ६ पालिका जित्दा कहाँ–कहाँ बनाए अग्रता?

64x64
नेपाल लाइभ बुधबार, जेठ ४, २०७९  १३:०५
1140x725

काठमाडौं– संघीय राजधानी भएको काठमाडौं महानगरपालिकासहित अरु दुई ठूला सहर जनकपुरधाम र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले फराकिलो अग्रता बनाइरहँदा पाँच पालिकामा जित निकालिसकेका छन्। यीबाहेक अरु सात पालिकामा कतै अग्रस्थानमा छन् भने कतै बलियो प्रतिश्पर्धी छन्।

अहिलेसम्म भोजपुर, ओखलढुंगा, बैतडी र चन्दननाथका एउटा–एउटा तथा कालिकोटमा दुई वटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अहिलेसम्म निकटतम् प्रतिश्पर्धी रहेका केशव स्थापितलाई करिब ८ हजार मतले पछि पारिसकेका छन्। उता जनकपुरधाम र धनगढीमा पनि स्वतन्त्र उम्मेदवारको फराकिलो मतान्तर कायम गरेका छन्।

जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले ३९५६ मत पाउँदा एमालेका शिवशंकर साहले २०८६ मत पाएका छन्। तेस्रो स्थानमा पनि स्वतन्त्र नै छन्। स्वतन्त्र उम्मेदवार बलराम महतोले १११३ मत पाएका छन्।

उता धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले करिब ५ हजारको अग्रता बनाएका छन्। हमालले १० हजार ८२५ मत पाउँदा कांग्रेसका नृपबहादुर वडले ५१६६ मत पाएका छन्।

धरान उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईले बलियो चुनौती पेश गरिरहेका छन्। उनी थोरै मतान्तरमा दोस्रो स्थानमा छन्। अग्रस्थानमा ७७१७ मतसहित कांग्रेसका किशोर राई छन्। साम्पाङले अहिलेसम्म ७४६१ मत पाएका छन्। तेस्रो स्थानमा रहेकी एमालेकी मन्जु भण्डारीले ६४२५ मत पाएकी छिन्। 

बर्दिबास नगरपालिकामा मेयर र उपमेयर दुवैमा स्वतन्त्र उम्मेदवार अगाडि छन्। स्वतन्त्र उम्मेदवार प्रह्लादकुमार क्षेत्रीले ७८३० मत पाउँदा माओवादी केन्द्रका राजु खड्काले ४०९५ मत पाएका छन्। उपमेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएकी तारा देवीले ५२५२ मत पाउँदा माओवादी केन्द्रकी कृष्णमाया गौतमले ३९१४ मत पाएकी छन्।

धुलिखेल नगरपालिकामा स्वतन्त्र उम्मेदवार दोस्रो स्थानमा छन्। तर, उनी एमाले उम्मेदवारभन्दा करिब २ हजार मतले पछाडि परेका छन्। एमालेका अशोककुमार ब्याञ्जु श्रेष्ठले ५७४८ मत पाउँदा स्वतन्त्र उम्मेदवार विदुरबहादुर बस्नेतले ३७०७ मत पाएका छन्।

उता डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार दोस्रो स्थानमा छन्। यहाँ माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवार मात्र प्रतिश्पर्धामा छन्। माओवादी केन्द्रका तेम्बा गुरुङले २५७ मत पाउँदा स्वतन्त्र उम्मेदवार कार्मा छोइवेल गुरुङले १६१ मत पाएका छन्।

nimb
nimb

झापाको कन्काई नगरपालिकामा स्वतन्त्रले चुनौती दिए पनि अहिले पछि परेका छन्। त्यहाँ एमालेका राजेन्द्रकुमार पोखरेलले ८६७३ मतसहित अग्रता लिइरहँदा कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६६६१ मतसहित पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले ५६९१ मत पाएका छन्।

पछिल्लो मत परिणामअनुसार जुम्लाको चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजु सिंह कठायत मेयरमा निर्वाचित भएका छन्। कठायतले २४०३ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका पदमबहादुर शाहीले २३२२ मत ल्याए।

भोजपुरको साल्पासिलिछोमा स्वतन्त्र उम्मेदवार दौलथकुमार कुलुङले एमाले र कांग्रेस उम्मेदवारलाई पराजित गरे। एमालेले टिकट नदिएपछि उनी बागी उठेका थिए। कुलुङले १८१४ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका महेश राईले १७८६ मत पाए। एमालेका शान्तिबहादुर अधिकारीले १३८३ मत पाए।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली निर्वाचित भएका छन्। रुम्दालीले ५०२१ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका रुपलाल तामाङले ३८१५ मत प्राप्त गरे। रुम्दालीलाई कांग्रेसको समर्थन थियो।

बैतडीको डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशीले ३१८९ मतसहित विजय प्राप्त गरे। उनका निकटतम् प्रतिश्पर्धी माओवादी केन्द्रका लोकेन्द्र रानाले २६५१ मत पाए।

त्यसैगरी कालिकोटका खाँडाचक्र र सान्नीत्रिवेणीमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन्। खाँडाचक्रमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाहीले २९१९ मत पाउँदा एमालेका जेसीप्रसाद पाण्डेले २६०९ मत पाए। त्यस्तै सान्नीत्रिवेणीमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसीले १८२२ मत पाउँदा माओवादी केन्द्रका माओवादी केन्द्रका डम्बरबहादुर शाही १३२५ मत पाए।

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्