डडेलधुरा– परशुराम नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका भरत बडायर जोशी निर्वाचित भएका छन्। जोशी पाँच हजार ९४१ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका शेरसिंह माल डायमण्डले पाँच हजार ८०५ मत ल्याए। डायमण्ड २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसका उम्मेदवार भीमबहादुर साउदसँग ५४५ मतले पराजित भएका थिए।
एमालेबाट प्रमुखका उम्मेदवार केशव बोहराले दुई हजार ६०६ मतमात्रै प्राप्त गरे।
नगर उपप्रमुखमा माओवादीका विमला महताले पाँच हजार ८८५ मत ल्याएर विजयी भइन्। उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी कलावती बोहराले चार हजार ५९३ मत ल्याइन्।
१२ वडा रहेको नगरपालिकामा वडा नम्बर १, ४, ५, ७, ९, १० र १२ गरी ७ वडामा माओवादी केन्द्रले जितेको छ। वडा नम्बर २, ३, ६, ८ र ११ गरी पाँच वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।