धनगढी– सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको गृहपालिका डोटीको केआईसिंह गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।
गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लोकेन्द्रबहादुर शाही विजयी भएका छन्। उनी ४ हजार २६२ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका केशवनाथ योगीले ३ हजार ६२१ मत मात्रै प्राप्त गरे।
उपाध्यक्षमा पनि कांग्रेसकै मिनादेवी विष्ट विजयी भएकी छिन्। उनी ४ हजार ७२ मतसहित विजयी भएकी हुन्। उनकी प्रतिस्पर्धी एकीकृत समाजवादीकी निर्मला अवस्थीले २ हजार ५३६ मत प्राप्त गरिन्।
केआईसिंह एकीकृत समाजवादीकी नेतृ तथा सुदूरपश्चिम प्रदेशकी पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीको गृहपालिका पनि हो।
केआईसिंहमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन थियो। गाउँपालिकाका सात ओटा वडाहरुमध्ये चार वडामा कांग्रेस, एक/एक वडामा समाजवादी, माओवादी र राप्रपाका उम्मेदवार विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।