काठमाडौं- भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट प्राप्त भएको छ। त्यहाँ माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाएकी छिन्।
२६६२६ मत गणना हुँदा मेयर पदका तीन मुख्य प्रत्याशीको मत विवरण यसप्रकार छ-
रेनु दाहाल/माओवादी केन्द्र- ९६३१
विजय सुवेदी/एमाले- ८११९
जगन्नाथ पौडेल/स्वतन्त्र- ४३६०
दाहाल निवर्तमान मेयर हुन्। उनले २०७४ सालमा एमालेकै उम्मेदवार देवी ज्ञवालीलाई पराजित गरेकी थिइन्। यसपटक पनि उनलाई एमाले उम्मेदवार सुवेदीले नै टक्कर दिएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।