ललितपुर– ललितपुरको बागमती गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर लोप्चन र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का भक्तबहादुर दर्लामी निर्वाचित भएका छन्।
लोप्चनले चार हजार ९०९ मत पाएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नवराज सञ्जेलले चार हजार ५३ मत ल्याए।
गाउँपालिका उपााध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामीले चार हजार ६९२ मत ल्याएर विजयी भए। नेकपा एमालेका नमुना दोङले तीन हजार ७०० मत ल्याइन्।
पालिकाका सात वडामध्ये पाँच वडामा कांग्रेस र एक वडामा एमाले र एक वडामा माओवादी केन्द्रका अध्यक्ष निर्वाचित भएका छन्।
कांग्रेसबाट वडा नम्बर १ मा ज्ञानबहादुर लो, २ मा रामबहादुर भुलुन, ३ मा नवराज खड्का, ४ मा रामकुमार लामा र ६ मा नारायण भोम्जन निर्वाचित भए।
वडा नम्बर ५ मा माओवादी केन्द्रका नमराज तिमल्सिना र वडा नम्बर ७ मा एमालेका होमप्रसाद बजगाईँ निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।