काठमाडौं– बाजुराको त्रिवेणी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कर्णबहादुर थापा विजयी भएका छन्।
उनले चार हजार ७६१ मत पाए। उनका प्रतिद्वन्द्वी एमालेका मोतिसिंह बुढाले तीन हजार ५८६ मत पाए।
उपमेयरमा पनि कांग्रेसकै कमला कुमारी जैसी (न्यौपाने) विजयी भएकी छन्। उनले चार हजार ७४१ मत ल्याएकी छन् भने उनका प्रतिद्वन्द्वी मावोवादी केन्द्रका मनराजे बुढाले तीन हजार चार पाए ।
त्रिवेणीमा २०७४ स्थानीय तह चुनाव पनि कांग्रेसले जितेको थियो। त्यसअघि २०४९ र २०५४ का स्थानीय निकायका चुनावमा पनि हालका त्रिवेणीका तीनै गाविस तोली, छतारा र कैलाशमाण्डौं कांग्रेसले नै जितेको थियो।
बाजुराका नौमध्ये पाँच तहको नतिजा सार्वजनिक भएको छ। जसमा एमालेले तीन पालिका प्रमुख र कांग्रेसले दुई पालिका प्रमुख जितेको छ। उपप्रमुखमा भने कांग्रेसले तीन र एमालेले दुई जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।