काठमाडौं– चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्।
२६ हजार २६ मत गन्दा दाहालले ९ हजार ३६३ मत पाएकी छन्। उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ८ हजार १९ मत पाएका छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार १९१ पाएका छन्।
उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार १३६ मत पाएका छन्। राप्रपाकी हिमला गुरुङले ६ हजार ५३५ मत पाएकी छन्।
भरतपुरमा सत्तागठबन्धनले चुनावी तालमेल गरेको छ भने एमाले र राप्रपाको तालमेल छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।