काठमाडौं– दाङको लमही नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। २०७४ मा मेयर जितेको नेकपा एमालेले यसपटक कुनै पनि वडामा जित हात पार्न सकेन।
मेयर निर्वाचित भएका कांग्रेसका जोगराज चौधरीले ९ हजार ३ सय १७ मत ल्याए। २०७४ सालमा चौधरी एमालेका कुलबहादुर केसीसँग पराजित भएका थिए।
चौधरीका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका बसन्तराज शर्माले ७ हजार २८५ मत प्राप्त गरे। गत वर्ष निर्वाचित एमाले यसपटक भने तेस्रो भएको छ। एमालेका दण्डीराम चौधरीले ५ हजार ५०३ मत प्राप्त गरे।
उपमेयरमा कांग्रेसकी लक्ष्मी योगी ८ हजार ७३७ मतका साथ विजयी भइन्। उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी गंगा पाण्डेले ५ हजार ८४८ पाइन् भने एमालेकी सुशिला शर्माले ५ हजार ३१२ मत प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।