काठमाडौं– भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ।
अघिल्लोपटक एमालेले जितको उक्त नगरमा यसपटक कांग्रेसका सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्।
सुरेन्द्रले १५ हजार ९८ मत ल्याउँदै जित हात पारे भने उनका प्रतिस्पर्धी निर्वतमान मेयर मदनसुन्दर श्रेष्ठले ११ हजार ३५ मत ल्याए।
उपमेयरमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ निर्वाचित भए। उनले १२ हजार १०२ मत पाए भने नेकपा एमालेकी उत्तरा नेपालले आठ हजार ९६३ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।