काठमाडौं– सर्वाधिक चासो र चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले ११ सयको अग्रता लिएकी छन्।
२५ हजार ३५८ मतगणना गर्दा माओवादी केन्द्रकी दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई फराकिलो अन्तरले पछाडी पारेकी हुन्।
रेनुले ९ हजार ११ ल्याएकी छन् भने एमालेका सुवेदीले ७ हजार ८ सय ९२ पाएका छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार १ सय १२ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।