काठमाडौं– जाजरकोटको छेडागाड नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रत्नबहादुर खड्का विजयी भएका छन्।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेका खड्काले एमालेका लालबहादुर महतारालाई पराजित गदै छेडागाड नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका हुन्। महतारा छेडागाडका निवर्तमान मेयर हुन्।
खड्काले ८ हजार ६०५ मत प्राप्त गरेर गर्दा महताराले ४ हजार ९१८ मत प्राप्त गरेका छन्। खड्का २०७४ को निर्वाचनमा एमालेका यिनै महतारासँग पराजित भएका थिए।
उपप्रमुखमा पनि सत्ता गठबन्धनकै तर्फबाट उम्मेदवारी दिएका माओवादीका चन्द्रबहादुर थापा 'अपील' निर्वाचित भएका छन्। उनले ७ हजार ४६१ मत ल्याएर विजयी भए। उनका निकटत प्रतिस्पर्धी एमालेकी अन्जु थापाले ५ हजार ४३६ मत प्राप्त गरेकी छन्।
१३ वटा वडा रहेको नगरपालिकामा कांग्रेसले ४, माओवादी केन्द्रले ४, एमालेले ४ र एकीकृत समावादीले एक वडामा जित हासिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।