काठमाडौं- भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।
मध्यपुरमा प्रमुख कांग्रेसले जित्दा सत्ता गठबन्धनको अर्को दल माओवादी केन्द्रले उपप्रमुख हात पारेको छ।
मध्यपुर थिमिको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपमेयरमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी भएका हुन्। सुरेन्द्रले १५ हजार ९८ मत पाउँदा उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठले ११ हजार ३५ मत प्राप्त गरे। उनी २०७४ को स्थानीय तह निर्वाचनमा विजयी भएका थिए।
उपमेयरमा विजय श्रेष्ठले १२ हजार १ सय २ मत प्राप्त गर्दा एमालेका उम्मेदवार उत्तरा नेपालले ८९६३ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।