काठमाडौं- सर्वाधिक चासो रहेको काठमाडौं महानगरपालिकाको मतगणना भइरहेको छ। राति एक बजेको परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन्।
महानगरमा ३५ हजार ७ सय ९६ मतगणना हुँदा बालेनले १३ हजार ७ सय ६१ मत पाएका छन्। उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ७ हजार ३ सय ७७ मतसहित पछ्याइरहेका छन्। तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह रहेकी छन्। उनले ६ हजार ५ सय ३५ मत पाएकी छिन्।
भित्रि वडाहरुको मतगणनाले बालेनको मतलाई प्रभाव पार्ने चर्चाका बीच उनले मतान्तरलाई थप फराकिलो बनाउँदै लगेका हुन्। बालेन प्रतिस्पर्धीभन्दा ६ हजार ३ सय ८४ मतले अगाडि छन्। अहिले वडा नम्बर, ३,४,५,६,२९,३०,३१,३२ को मत गणना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।