काठमाडौं–राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिका झापाको हल्दिवारी गाउँपालिकाको प्रमुखमा रवीन्द्र लिङ्देन र उपप्रमुखमा लक्ष्मी मैनाली विजयी भएका छन्। लिङ्देन ६८५६ मतसहित विजयी भएका हुन्। उपप्रमुखमा मैनालीले ५०७८ ल्याइन्।
कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धन र एमाले नेतृत्वको अर्को गठबन्धनलाई पराजित गर्दै राप्रपाले दोश्रोपटक हल्दिवारीमा भारी मतअन्तरले विजय प्राप्त गरेको छ। हल्दिवारीमा राप्रपाले अध्यक्ष लिङ्देनको वडा नं १ सहित अन्य वडासमेत जित्न सफल भएको छ । यो जितसँगै राप्रपाले दुई वटा पालिकामा विजय हासिल गरेको छ।
यसअघि राप्रपाले काठमाडौंको शंखरापुर नगरपालिकामा ३ वटा वडामा प्यानलसहित मेयर पदमा विजय प्राप्त गरेको छ । यसबाहेक देशका केही स्थानीय तहमा राप्रपाको अग्रता कायमै छ भने केहीमा झिनो मतान्तरले पछ्याइरहेको अवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।