काठमाडौं–काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १३,४८७ मतका साथ अग्रता कायम गरेका छन्।
उनले एमालेका केशव स्थापितलाई ६ हजार २२१ मतले पछि पारेका छन्। स्थापितको ७,२६६ मत छ। गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ६,३९९ मत प्राप्त गरेकी छन्। महानगरमा अहिलेसम्म ३४,९९१ मत गणना भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।