हेटौंडा- हेटौंडा उपमहानगरपालिकामा गठबन्धनले अग्रता बनाएको छ। गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी मिना लामाले अग्रता बनाएकी छन्।
पछिल्लो अपडेट अनुसार २८ हजार ८७५ मत गणना गर्दा मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार लामाले ८ हजार ९८२ मत प्राप्त गर्दै अग्रता बढाएकी हुन्।
मेयर पदका अर्का उम्मेद्वार राप्रपाका दिपक सिंहले ८ हजार ६८७ मत प्राप्त गर्दै लामालाई पछ्याइरहेका छन्।
एमाले उम्मेदवार अनन्त पौडेलले ७ हजार ९५७ मतसहित तेस्रो स्थानमा रहेका छन्।
यसैगरि उपप्रमुख पदमा गठबन्धनतर्फ कांग्रेसका राजेश बानियाँको १२ हजार ८७६ रहेको छ।
एमालेकी सुमित्रा काफ्लेको ८ हजार ६६४ र राप्रपाकी इन्दिरा न्यौपानेले २ हजार १४२ मत प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।