काठमाडौं–निर्वाचन आयोगले मतदान तथा मतगणना कार्यमा अवरोध सिर्जना गर्ने कसूरमा संलग्न व्यक्तिहरुलाई निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३ बमोजिम कारबाही गर्न गृह मन्त्रालयमार्फत् ७७ वटै जिल्लाका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ।
आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिने र सोको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिने निर्णय गरिएको जनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।