• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत ४, २०८२ Wed, Mar 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

यी हुन् 'क्लीन स्वीप' भएका ४ पालिका, तीन वटामा एमाले र एउटामा नेमकिपाको एकछत्र

64x64
नेपाल लाइभ मंगलबार, जेठ ३, २०७९  २१:१७
1140x725

काठमाडौं— वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको मतगणना जारी रहेको छ। मतगणनाको पछिल्लो विवरण अनुसार ४ वटा पालिकामा दुई राजनीतिक दलले कुनै पनि पदमा अन्य दलका उम्मेदवारलाई जितको अवसर दिएनन्। 

बाजुराको गौमुल, पाल्पाको निस्दी र पूर्वखोलामा एमालेले प्रमुदेखि वडा अध्यक्ष र सदस्यमा जित हात पारेको हो। यस्तै भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले अन्य दलका उम्मेदवारलाई जितको कुनै अवसर नै दिएन।

बाजुराको गौमुल गाउँपालिका नेकपा एमालेले सिँगो प्यानलसहित जित हात पारेको छ। अध्यक्षमा हरिबहादुर रोकायाले ३ हजार ४३४ मत प्राप्त गर्दै जित हासिल गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हिरेन्द्र रोकायाले १ हजार ४७० मत प्राप्त गरेका छन्।

त्यस्तै उपाध्यक्षमा नेकपा एमालेकी सिता रोकाया थापाले ३ हजार १९४ मत प्राप्त गर्दै जित हासिल गर्दा प्रतिस्पर्धी नेपाली कांग्रेसकी उमा रोकायाले १ हजार ७४४ मत प्राप्त गरिन्। 

२०७४ सालको स्थानीय चुनावमा हरि बहादुर रोकायाले २२ सय ४० मत ल्याएका थिए भने कांग्रेसका देव बहादुर रोकायाले १४ सय ९१ मत ल्याएका थिए ।

त्यस्तै, उपाअध्यक्षमा सिता रोकाया थापाले २२ सय १ र कांग्रेसकी उमा रोकायाले १५ सय १० मत ल्याएकि थिइन्। 

त्यस्तै, २०७४ को स्थानीय चुनावमा नेपाली कांग्रेसले वडा नम्बर २ मात्र जितेको थियो तर यसपटक भने कुनै पनि वडामा कांग्रेसले जित हासिल गर्न सकेन्। वडा सदस्यहरु पनि एमालले जितेको छ। 

गौमुल गाउँपालिकामा ६ वटावडासहित ३२ पदमा भएको निर्वाचनमा ३२ जना नै एमालेबाट विजयी भए। 

Ncell 2
Ncell 2

वडा नम्वर १ मा देव बहादुर रोकाया, वडा नम्वर २ मा देव बहादुर रोकाया, वडा नम्वर  ३ मा गोरख बहादुर बोहोरा , वडा नम्वर ४ मा अम्मर बहादुर बिक, वडा नम्वर ५ मा कलक बहादुर सिंह  र वडा नम्वर ६ मा प्रकाश बहादुर रोकायाले जित निकालेका हुन्। 

गठबन्धनलाई पराजित गर्दै पाल्पामा एमालेको 'क्लिन स्वीप'

पाल्पाको निस्दी गाउँपालिकामा नेकपा एमालेले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै गाउँपालिकाभर नै क्लिन स्वीप गरेको छ। नेकपा एमालेले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्दप्रसाद अर्याल उपाध्यायलाई पराजित गर्दै एमालेका मुक्तबहादुर सारु निर्वाचित भएका छन्।

सारुले ६ हजार ६५२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उपाध्यायले ३ हजार ४६६ मत प्राप्त गरे। यस्तै उपाध्यक्षमा तिरनकुमारी श्रेष्ठले ६ हजार ६३८ मत ल्याएर निर्वाचित भएकी छन् भने नेकपा माओवादी केन्द्रका रामप्रसाद खत्रीले ८३० मत मात्रै प्राप्त गरे।

त्यस्तै, ७ वटा वडा रहेको उक्त गाउँपालिकामा सबै वडामा नेकपा एमालेका उम्मेदवार नै निर्वाचित भएका छन्। १ मा यमबहादुर राना, २ मा फत्ते सिं दर्लमी, ३ मा नविन्द्र थापा सोती, ४ मा सन्तवीर सुनारी, ५ मा दुर्गाबहादुर सोमै, ६ मा मेखबहादुर सुनारी र ७ मा मुक्त बहादुर पाटा निर्वाचित भएका छन्।

यस्तै, ७ वटै वडामा सदस्य, महिला सदस्य, दलित महिला सदस्य पनि नेकपा एमालेकै उम्मेदवार निर्वाचित भएका छन्।

पाल्पाकै पूर्वखोला गाउँपालिका अध्यक्षमा एमालेका नुनबहादुर थापा ६ हजार ३९ मतसहित विजयी भए। उनका प्रमुख प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका मिन प्रसाद गिरीले १ हजार २५७ मत पाए। उपाध्यक्षमा एमालेकी भागिरथि शर्मा (भट्टराई)ले ५ हजार ८९४ मतसहित निर्वाचित हुँदा कांग्रेसकी विष्णुकुमारी आचार्यले २ हजार २५० मत पाइन्। यो पालिकाका ६ वटै वडामा एमाले प्यानलसहित विजयी भयो।

वडा १ मा गिरीमान आले, २ मा निरबहादुर सारु, वडा नम्बर ३ कृष्णप्रसाद भट्टराई, वडा नम्बर ४ मा मेहर सिं थापा, ५ मा विष्णुकुमारी पाल्ली र वडा नम्बर ६ मा धनबहादुर घर्ति विजयी भएका हुन्।

भक्तपुरमा 'सदाबहार' मादल

भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले अन्य दललाई कुनै अवसर दिएन। मादल चुनाव चिह्न रहेको नेमकिपाबाट नगर प्रमुख, उपप्रमुख र सबै वडामा नेमकिपाका उम्मेदवार विजयी भएका हुन्।

यसअघि समेत मेयर रहेका सुनिल प्रजापति २९ हजार २५२ मत ल्याउँदै पुनः मेयर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राम प्रसाद कासुला २५ हजार ८४५ मतको अन्तरले पछि परे। 

कांग्रेसका उम्मेदवार कासुलाले ३ हजार ४०७ मत मात्रै ल्याए। यस्तै, नेकपा एमालेका उम्मेदवार रवीन्द्र लाछिमस्युले २ हजार ८४१ मत ल्याए भने स्वतन्त्र उम्मेदवार सत्य राम त्वायनाले २ हजार ३९९ मत ल्याए।
उपप्रमुखमा पनि नेमकिपाकै रजनी जोशी २९ हजार ७५९ मत ल्याएर विजयी भइन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २ हजार ९८८ मत ल्याइन्। प्रजापति र जोशी दोस्रो कार्यकालकालागि निर्वाचित भएका छन्। 

१० वटा वडा रहेको भक्तपुर नगरपालिकाका सबै वडामा नेमकिपाका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर १ को वडाध्यक्षमा श्याम कृष्ण खत्री, २ को वडाध्यक्षमा हरि प्रसाद बासुकला, ३ को वडाध्यक्षमा राजकृष्ण गोरा, ४ को वडाध्यक्षमा उपेन्द्र सुवाल निर्वाचित भएका छन्।

यस्तै, वडा नं ५  को वडाध्यक्षमा योगेन्द्र मान बिजुक्छें, ६ को वडाध्यक्षमा हरिराम सुवाल, ७ को वडाध्यक्षमा उकेश कवां, ८ को वडाध्यक्षमा कृष्ण प्रसाद कोजू, ९ को वडाध्यक्षमा रवीन्द्र ज्याख्व र १० को वडाध्यक्षमा लक्ष्मीप्रसाद हयौमिखा निर्वाचित भएका छन्।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  २१:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रविले भने– मन्त्री बनाइदिनुस् भनेर मिडिया ट्रायलमा गएर नबोलिदिनुहोला
आजको दिनसम्म मन्त्रिपरिषद्को टुंगो लागेको छैन : रवि लामिछाने
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच शिष्टाचार भेट
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
रविले भने– मन्त्री बनाइदिनुस् भनेर मिडिया ट्रायलमा गएर नबोलिदिनुहोला बुधबार, चैत ४, २०८२
आजको दिनसम्म मन्त्रिपरिषद्को टुंगो लागेको छैन : रवि लामिछाने बुधबार, चैत ४, २०८२
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच शिष्टाचार भेट बुधबार, चैत ४, २०८२
रास्वपा अभिमुखीकरण कार्यक्रममा सहभागी हुन रवि लामिछाने ललितपुरमा बुधबार, चैत ४, २०८२
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
श्रम मन्त्रालयले ७ देशमा मात्रै पुनः श्रम स्वीकृति दिने मंगलबार, चैत ३, २०८२
निर्वाचन खर्च नबुझाउनेलाई छुट दिने तत्कालीन राष्ट्रपतिको निर्णय सर्वोच्चद्वारा सदर मंगलबार, चैत ३, २०८२
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी मंगलबार, चैत ३, २०८२
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्