चितवन- भरतपुर महानरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन्।
१७ हजार २६६ मत गणना हुँदा दाहालले ७ हजार ४२३ मत प्राप्त गरेकी छन् भने एमाले उम्मेदवार विजय सुवेदीले ७ हजार ६८ मत पाएका छन्। दाहाल र सुवेदीबीच ३५५ मतको अन्तर देखिएको छ।
त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ५९४ मत पाएका छन्।
उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसको अग्रता रहेको छ। उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीले ८ हजार ९८९ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ५ हजार ८४० मत पाएकी छन्। उनीहरुबीच ३ हजार १४९ मतको अन्तर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।