काठमाडौं–नेपालका लागि नयाँ भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त भएका छन्।
भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई राजदूत नियुक्त गरिएको औपचारिक जानकारी दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको एक दिनपछि विदेश मन्त्रालयले श्रीवास्तवको नियुक्तिको घोषणा गरेको हो।
यद्यपि भारतले एक साताअघि नै श्रीवास्तवको नाम नेपालका लागि नयाँ राजदूतमा प्रस्ताव गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।