काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको जिल्ला दार्चुलामा नेपाली कांग्रेस ‘क्लीन स्वीप’ भएको छ।
प्रतिनिधि सभामा उनी लड्दै आएको जिल्लाम यसपटक नेकपा एमाले र माओवादीका उम्मेदवारहरुले जित हात पारेका छन्। २०७४ सालको निर्वाचनमा नौ स्थानीय तहमध्ये नेपाली कांग्रेसले पाँच क्षेत्रमा जित हात पारेको थियो।
२०७४ सालमा दार्चुलाको महाकाली नगरपालिका, दुहुँ, ब्यास, मालिकार्जुन र शैल्यशिखर गाउँपालिकामा नेपाली कांग्रेसले जितेको थियो।
यस्तो छ अन्तिम परिणाम :
अपि हिमाल गाउँपालिका
भक्तसिंह बोहोरा/माओवादी केन्द्र
दुहुँ गाउँपालिका
नरेन्द्रबहादुर सिंह बडाल/एमाले
नौगाड गाउँपालिका
दलजीत सिंह धामी/माओवादी केन्द्र
ब्यास गाउँपालिका
मंगलसिंह धामी/एमाले
महाकाली नगरपालिका
नरसिंह चैसिर/एमाले
मार्मा गाउँपालिका
जमनसिंह धामी/माओवादी केन्द्र
मालिकार्जुन गाउँपालिका
हिरासिंह धामी/एमाले
लेकम गाउँपालिका
रामदत्त जोशी/माओवादी केन्द्र
शैल्यशिखर नगरपालिका
विजयसिंह धामी/एमाले
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।