काठमाडौं– जाजरकोटको नलगाड नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत निर्वाचित भएका छन्। उपप्रमुखमा भने नेपाली कांग्रेसकी सरिता सिंह निर्वाचित भएकी छन्।
मेयरमा निर्वाचित रावतले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार धर्मबहादुर शाहीलाई १ हजार ९७३ मत अन्तरले पराजित गरे।
रावतले ५ हजार ५९९ मत प्राप्त गर्दा एमालेका शाहीले ३ हजार ६२६ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उपप्रमुखमा निर्वाचित नेपाली कांग्रेसकी सिंहले ५ हजार ४०६ मत प्राप्त गरिन्। उनकी निकटम प्रतिस्पर्धी एमालेकी सुनिता बोहराले ३ हजार ३९३ मत प्राप्त गरेकी छन्।
नलगाडमा सत्तारूढ माओवादी केन्द्र र नेपाली कांग्रेसले चुनावी तालमेल गरेका थिए। अघिल्लो निर्वाचनमा पनि यो नगरपालिकाका माओवादीले नै मेयर–उपमेयर जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।