काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सहोदर भाइको निधन भएको छ।
देउवाका भाइ प्रेमबहादुरको उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव विक्रम शाहले जानकारी दिए।
क्यान्सरका बिरामी प्रेमबहादुरको काठमाडौंमा निधन भएको हो।
प्रेमबहादुरले पञ्चायतकालीन समयदेखि नै निरन्तर लोकतन्त्रका लागि संघर्ष गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।