काठमाडौं– अघिल्लोपटकको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जितेको दाङको बबई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ।
अध्यक्षमा कांग्रेसका कुलबहादुर खत्री र उपाध्यक्षमा बम कुमारी खड्का विजयी भएका हुन्।
कांग्रेसका खत्रीले ६६१५ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका भुवनेश्वर पौडेलले ५५३८ मत ल्याएका छन्। पौडेल गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन्।
उपाध्यक्षमा खड्काले ६४०० मत ल्याएर विजयी भइन् भने निकटतम प्रतिस्पर्धी एमालेकी सावित्री विश्वकर्माले ५४१४ मत ल्याइन्। विश्वकर्मा गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष हुन्।
यस्तै, पालिकाका ७ वटा वडामध्ये कांग्रेसले ४ र एमालेले ३ वडामा जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।