काठमाडौं– रसुवाको नौकुण्ड गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।
नेपाली कांग्रेसका नुर्वु स्याङवो घलेले ३ हजार ४७४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्।
नेकपा एमालेका सिर्जना लामाले ३ हजार ९७ मत प्राप्त गरिन्।
उपाध्यक्षमा भने नेकपा एमालेका चन्द्रबहादुर ग्लान निर्वाचित भएका छन्। उनले २ हजार ९०४ मत प्राप्त गरे भने जसपाका भुमे लामाले १ हजार ९५१ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।