काठमाडौं– रोल्पाको लुङग्री गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादी केन्द्रको जित भएको छ।
गाउँपालिका अध्यक्ष पदमा माओवादी केन्द्रका भरतकुमार थापा निर्वाचित भएका छन्। उनले ४ हजार ९६४ मत प्राप्त गरे। उनका प्रतिस्पर्धीका रुपमा देखिएका नेपाली कांग्रेसका जनक खड्काले ४ हजार २९९ मत प्राप्त गर्दै पराजित भएका छन्।
त्यस्तै, गाउँपालिकाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकै दिलकुमारी गुरुङ निर्वाचित भएकी छिन्।
उनले ४ हजार ७४० मत प्राप्त गरिन्। उनकी प्रतिस्पर्धीको रुपमा देखिएकी नेपाली कांग्रेसकी मुन्नी देवी रोका क्षेत्रीले भने ४ हजार २६६ मत ल्याउँदै पराजित भएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।