काठमाडौं– रोल्पाको सुनिल स्मृति गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जित निकालेको छ। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका हुन्।
अध्यक्षमा माओवादी केन्द्रका मणिराम बुढाथोकी निर्वाचित भए। उनले ६ हजार ६२ मत ल्याएका छन्। उनका प्रतिस्पर्धिका रुपमा रहेका नेपाली कांग्रेसका गन्ज बहादुर क्षेत्रीले ३ हजार ८९३ मत ल्याउँदै पराजित भए।
त्यस्तै, गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी मीना थापा निर्वाचित भइन्। उनले ६ हजार ३७ मत ल्याउँदै निर्वाचित भएकी हुन्। उनकी प्रतिस्पर्धिको रुपमा देखिएकी नेपाली कांग्रेसकी तेजकुमारी विष्टले ३४ सय मत ल्याएकी छिन्।
गाउँपालिकाको २ नम्बर वडा बाहेक सम्पूर्ण वडाको अध्यक्ष पनि माओवादी केन्द्रले नै जितेकोछ। २ नम्बर वडामा भने स्वतन्त्र उम्मेदवार नेत्र बहादुर गिरीले जित हासिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।