• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ ५, २०८३ Tue, May 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

‘म्यान अफ द इलेक्सन’ राजेन्द्र राईकै नगरमा एमाले पराजित, धनकुटाका अधिकांश पालिका गुमायो

64x64
नेपाल लाइभ मंगलबार, जेठ ३, २०७९  ०७:०५
1140x725

काठमाडौं– केपी ओलीले ‘म्यान अफ द इलेक्सन’ घोषणा गरेका राजेन्द्र राईकै गृहनगर धनकुटाको पाख्रिबासमा एमाले पराजित भएको छ। धनकुटाका सात पालिकामध्ये अधिकांशमा एमाले पराजित भएको छ।

अघिल्लो निर्वाचनमा धनकुटाका सबै पालिकाको प्रमुख दुई पदसहित बहुमत वडाध्यक्ष एमालेले जितेको थियो। तत्कालीन जिल्ला अध्यक्ष (हाल केन्द्रीय सदस्य) तथा संघीय सांसद राजेन्द्र राईको स्थानीय तह पाख्रिबासमा एमालेले ‘क्लीन स्वीप’ नै गरेको थियो। त्यसपछि भएको विजय सभामा पुगेका एमाले अध्यक्ष ओलीले राईलाई ‘म्यान अफ द इलेक्सन’ घोषणा गरेका थिए।

तर, यसपटक पाख्रिबास नगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका ज्ञानबहादुर गुरुङ ५ हजार ४९८ मतसहित विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका भीमबहादुर राईले ५ हजार ५३ मत पाए।

उपमेयरमा भने एमालेकी नम्रता गौतम विजयी भइन्। उनले ५ हजार ६२ मत पाउँदा गठबन्धनबाट उम्मेदवार भएका माओवादी केन्द्रका ओमप्रकाश निरौलाले ४ हजार ६४१ मत पाएका छन्।

वडामा भने कांग्रेस र एमालेले समान पाँच वटामा जित हासिल गरेका छन्। यो पालिका राजेन्द्र राईको मात्र नभएर राप्रपाबाट कांग्रेस प्रवेश गरेका नेता सुनिलबहादुर थापाको पनि गृहनगर हो। कांग्रेसलाई माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको पनि साथ थियो।

nimb
nimb
Ncell 2
Ncell 2

धनकुटामा अहिलेसम्म परिणाम आएका पाँचमध्ये चार वटा पालिका प्रमुखमा गठबन्धनबाट उम्मेदवार भएर कांग्रेसले बाजी मारेको छ। तर, कांग्रेसले प्रमुख जितेका तीन वटा पालिकामा एमालेले नै उपप्रमुख जितेको छ। कांग्रेसबाहेकका गठबन्धनका दलले आफ्नो भागमा परेको उपप्रमुख एउटामा मात्र जित्न सकेको छ।

छिन्ताङ शहिदभूमि गाउँपालिकाको दुई वटा केन्द्रमा भने आज मतदान हुँदैछ। यहाँ भने अध्यक्ष पदमा एमाले र एकीकृत समाजवादीका उम्मेदवार छन्। यो अघिल्ला निर्वाचनमा एमालेले एकलौटी जित्दै आएको पालिका हो।

एमालेले यसअघि जितेको चौबिसे गाउँपालिकामा मात्र अध्यक्ष र उपाध्यक्ष पुनः जित्न सकेको छ। त्यहाँ एमालेका राजकुमार लिम्बुले ५ हजार ३८ मत पाएर अध्यक्ष निर्वाचित हुँदा माओवादी केन्द्रका दलबहादुर रानाले ३ हजार ९९१ मत पाए। उपाध्यक्षमा एमालेकै टंकमाया पाङ्मी विजय भइन्।

सागुरीगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका जितेन्द्र राईले एमालेका कुमारजंग याक्खालाई करिब साढे ५०० मतान्तरले पराजित गरे। तर, एमालेकी मुना राईले गठबन्धनबाट उम्मेदवार बनेका जसपाका लीलाराज लावतीलाई ५०० भन्दा बढी मतान्तरले पराजित गरिन्।

छथर जोरपाटी गाउँपालिकामा पनि निवर्तमान अध्यक्ष शेरबहादुर लिम्बू कांग्रेसका अध्यक्षका उम्मेदवार छत्रबहादुर सुब्बासँग करिब २०० मतान्तरले पराजित भए। उपप्रमुख पनि गठबन्धनबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी गिता गुरुङले एमालेकी गोमा कार्की दाहाललाई पराजित गरिन्।

महालक्ष्मी नगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका ध्रुवराज राया मेयरमा निर्वाजित भइसकेका छन्। उनले एमालेका दीपक बुढाथोकीलाई पराजित गरेका हुन्। तर, उपमेयरमा एमालेकी मञ्जु कार्की अधिकारीले माओवादीका गठबन्धन उम्मेदवार प्रेम खड्कालाई पराजित गरेकी छिन्। यहाँको नतिजा औपचारिक रुपमा घोषणा हुन भने बाँकी छ।

यता धनकुटा नगरपालिकाको मेयरमा पनि कांग्रेसका दिनेश राईले अग्रता लिँदा उपमेयरमा एमालेकी भीमादेवी खनाल अगाडि छिन्। मेयरमा राईले ६ हजार २७२ मत पाउँदा निवर्तमान मेयर तथा एमाले उम्मेदवार चिन्तन तामाङले ६ हजार ८७ मत पाएका छन्। उपमेयरमा खनालले ५ हजार ६४५ मत पाउँदा माओवादी केन्द्रका गणेश विष्टले ५ हजार ३५३ मत पाएका छन्।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लालटिन बालेर आन्दोलनमा उत्रिए वकिल
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति
क्याम्पस परिसरबाट विद्यार्थी संगठन हटाउने निर्णयविरुद्ध नेविसंघ पनि पुग्यो सर्वोच्च
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
लालटिन बालेर आन्दोलनमा उत्रिए वकिल मंगलबार, जेठ ५, २०८३
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति मंगलबार, जेठ ५, २०८३
क्याम्पस परिसरबाट विद्यार्थी संगठन हटाउने निर्णयविरुद्ध नेविसंघ पनि पुग्यो सर्वोच्च मंगलबार, जेठ ५, २०८३
प्रस्तावित प्रधान न्यायाधीशको संवैधानिक योग्यता सम्बन्धमा समितिमा उजुरी मंगलबार, जेठ ५, २०८३
प्रस्तावित प्रधानन्यायाधीशमाथिको सुनुवाइ : उजुरीकर्तासँग छलफल सकियो मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
सन्दीप लामिछानेको नाममा विश्व रेकर्ड, स्टार्कलाई उछिने सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्