काठमाडौं– जाजरकोटको कुशे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
अध्यक्षमा कांग्रेसका हरिचन्द्र बस्नेत र उपाध्यक्षमा कांग्रेसकै देविका कुमारी सिंह निर्वाचित भएका हुन्।
नेकपा एकीकृत समाजवादीका तप्तबहादुर हमाललाई पराजित गर्दै बस्नेत दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्ष निर्वाचित भए।
बस्नेतले ३ हजार ४ सय २३ मत प्राप्त गर्दा हमालले ३ हजार १ सय ८२ मत प्राप्त गरे।
यस्तै, उपाध्यक्षमा निर्वाचित सिंहले ३ हजार ५ सय ८७ मत प्राप्त गरिन्। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विकास रोकायले २ हजार ९ सय १८ मत पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।