काठमाडौं–भरतपुर महानगरपालिकामा रेनु दाहालले ३ मतले अग्रता लिएकी छन्। दाहालले ५ हजार ३१३ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले ५ हजार ३१० मत प्राप्त गरेका छन्।
चर्चामा रहेको भरतपुरमा दिनभरि एमालेका सुवेदीले अग्रता लिएका थिए। मत गणनाको दिनदेखि नै यी दुई उम्मेदवारका बीचमा कडा टक्कर भइरहेको छ। सुरुका दिन सुवेदीले अग्रता लिएका थिए भने पछि दाहाल अघि लागिन्।
अहिले फेरि दाहाल अघि लागेकी छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ५३६ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।