डोटी-डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोेटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोला भट्टका अनुसार पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा सुपप्र ००१–००२ त ४७९५ नंको ट्र्याक्टर दुर्घटना हुँदा पूर्वीचौकी गाउँपालिका–४ रिनकोटका १४ वर्षीय विक्रम नेपालीको मृत्यु भएको हो।
पूर्वीचौकी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएपछि नेपाली कांग्रेसका नेता कार्यकर्ताले निकालेको र्यालीमा सहभागी भएको उक्त ट्र्याक्टर दुर्घटना भएको हो। र्यालीमा सहभागी भएका कम्तीमा पनि २९ जनाभन्दा बढी नेता तथा कार्यकर्ताहरु घाइते भएको बताइएको छ।
घाइतेहरुलाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल डोटीमा उपचारका लागि ल्याइएको छ। घाइतेमध्ये १४ वर्षीया मनिषा जोशीलाई थप उपचारका लागि जिल्लाबाहिर रिफर गरिएको र अर्का १० वर्षीय अनिल खड्कालाई पनि थप उपचारका लागि रिफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।