काठमाडौं- सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-६ को वडा अध्यक्षमा नेकपा एमालेले जित हात पारेको छ। एमाले उम्मेदवार इन्द्रबहादुर तामाङ ६५१ मतसहित विजयी भएका हुन्।
नेपाली कांग्रेसका उम्मेदवार देव कुमार कोइराला ५६४ मतसहित दोस्रो भए।
सदस्यमा नेकपा एमालेका खिलप्रसाद आचार्य ५६० मतसहित विजयी हुँदा अर्का सदस्यमा कांग्रेसबाट शम्भुप्रसाद कोइराला ५२१ मतसहित विजयी भए।
महिला सदस्यमा सम्झना श्रेष्ठ कांग्रेसबाट विजयी हुँदा दलित महिला सदस्यमा एमाले उम्मेदवार रंग माया सुनार विजयी भएकी छन्।
निर्वाचन आयोगका अनुसार इन्द्रावती गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार झम्क नेपालले अग्रता बनाइरहेका छन्।
उनले ४ हजार ६१३ मत पाउँदा नेपाली कांग्रेसका विकाश लामाले ३ हजार ९०४ मत पाएका छन्। गत निर्वाचनमा उक्त गाउँपालिका नेपाली कांग्रेसले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।