काठमाडौं– धनुषाको धनौजी गाउँपालिकामा खसेको भन्दा बढी मत भेटिएको भन्दै विवाद भएको छ।विवादले उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो।
धनुषा प्रहरीका प्रवक्ता डीएसपी प्रदीबहादुर क्षेत्रीका अनुसार २५ राउण्ड हवार्ई फायर गरेर स्थिति नियन्त्रणमा लिइएको हो।
अहिले अवस्था केही सामान्य बन्दै गएको र घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।