खलंगा– नेकपा एमाले दार्चुलाको विजय र्यालीमा प्रयोग भएको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस सडकबाट ५ मिटर तल रोल खोलामा खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।
बिहान साढे ९ बजे गाडी दुर्घटना भएको हो। मृत्यु हुनेमा शैल्यशिखर ६ ग्वानी बस्ने वर्ष २३ का चालक प्रकाश धामी, सहचालक २२ वर्षीय नविनसिंह धामी र गाडीमा सवार १९ वर्षीय हरिशसिंह धामी रहेका छन्।
उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। माइक्रो बस गोकुलेश्वरबाट नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरुलाई ल्याउन ग्यानी गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।