काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भर्खरै लुम्बिनी आइपुगेका छन्। भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट माेदी केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री मोदी लुम्बिनी आएका हुन्।
अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई हार्दिक स्वागत गरेका हुन्। भारतका विशिष्ट अतिथिलाई प्रधानमन्त्री देउवाकी धर्मपत्नी डा आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वागत गरेका थिए।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार नै लुम्बिनी पुगिसकेका छन्। भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता र बुद्ध बिहारको शिलान्यास गर्ने कार्यक्रम रहेका भएका छन्।
मोदी लुम्बिनीमा करिब ६ घण्टा बिताएर सोमबार भारत फर्किने भ्रमणतालिका रहेको छ। मोदीलाई परराष्ट्रमन्त्री डा. नारायण खड्का, परराष्ट्रसचिव भरतराज पौड्याललगायत अधिकारीले लुम्बिनीमा स्वागत गर्नेछन्।
मोदी ११ बजे मायादेवी मन्दिर पुग्ने र देउवाले उनलाई त्यहाँ पुनः स्वागत गर्ने कार्यक्रम तय भएको छ। दुवै देशका प्रधानमन्त्रीले सँगै मायादेवी मन्दिरमा पूजा गर्ने भारतको इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी)द्वारा निर्माण हुने बौद्ध बिहारको शिलान्यास गर्ने कार्यक्रम छ।
मोदी लुम्बिनीमा करिब ६ घण्टा बिताएर सोमबार भारत फर्किने भ्रमणतालिका रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।