काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनी भ्रमणमा आउन लागेका छन्। बुद्धजयन्तीको अवसरमा प्रधानमन्त्री मोदी पहिलो पटक लुम्बिनी भ्रमणमा आउन लागेका हुन्।
उनी भारतको कुशीनगरबाट इन्डियन एयर फोर्सको हेलिकप्टरमार्फत लुम्बिनी अवतरण गर्ने कार्यक्रम रहेकोे छ।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार नै लुम्बिनी पुगिसकेका छन्। भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता र बुद्ध बिहारको शिलान्यास गर्ने कार्यक्रम रहेका भएका छन्।
मोदी लुम्बिनीमा करिब ६ घण्टा बिताएर सोमबार भारत फर्किने भ्रमणतालिका रहेको छ। मोदीलाई परराष्ट्रमन्त्री डा. नारायण खड्का, परराष्ट्रसचिव भरतराज पौड्याललगायत अधिकारीले लुम्बिनीमा स्वागत गर्नेछन्।
मोदी ११ बजे मायादेवी मन्दिर पुग्ने र देउवाले उनलाई त्यहाँ पुनः स्वागत गर्ने कार्यक्रम तय भएको छ। दुवै देशका प्रधानमन्त्रीले सँगै मायादेवी मन्दिरमा पूजा गर्ने भारतको इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी)द्वारा निर्माण हुने बौद्ध बिहारको शिलान्यास गर्ने कार्यक्रम छ।
मोदी लुम्बिनीमा करिब ६ घण्टा बिताएर सोमबार भारत फर्किने भ्रमणतालिका रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।