काठमाडौं– रसुवाको आमाछोदिङमो गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बुचुङ तामाङ निर्वाचित भएका छन्। उपाध्यक्ष पदमा पनि कांग्रेसकै चण्डिका तामाङ निर्वाचित भएकी छन्।
अध्यक्षमा निर्वाचित बुचुङ तामाङले १ हजार ४ सय ३० मत ल्याए। उनका निकटम प्रतिस्पर्धी एमालेका फुर्पुसिंगि तामाङले १ हजार ३ सय ४५ मत प्राप्त गरे।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नयाँ शक्ति पार्टी नेपालबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका तामाङ पछि कांग्रेस प्रवेश गरेका थिए।
त्यस्तै, उपाध्यक्षमा निर्वाचित चण्डिका तामाङले १ हजार ३ सय ८१ मत प्राप्त गरेकी छन्। उनको निकटम प्रतिस्पर्धी एमालेकी नविना तामाङले १ हजार २ सय २३ मत प्राप्त गरेकी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।