डडेलधुरा–दार्चुला सदरमुकाम खलंगा रहेको महाकाली नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार निर्वाचित भएका छन्।
एमालेका नगर प्रमुख पदका उम्मेदवार नरसिंह चैसिर कुल खसेको ९ हजार ८०२ मत मध्ये ५१ दशमलव १४ प्रतिशत अर्थात ५ हजार १३ मत प्राप्त गर्दै निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले बताए। चैसिर १ हजार १ सय २६ मतान्तरले मेयर पदमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८७ मत प्राप्त गरे। उनी २०७४ सालमा नगरपालिका नगर प्रमुखमा निर्वाचित भएका थिए। नगर उपप्रमुखमा पनि एमालेकै उम्मेदवार दुर्गाकुमारी खत्री निर्वाचित भएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।